Vocational and Skill Development Training Center

देशको वेरोजगारी समस्यालाई महसुस गरी सीपयुक्त जनशक्ति उत्पादनबाट मुलुकको बेरोजगारी समस्यालाई समाधान गर्दा विदेशी कामदारलाई प्रतिस्थापन गरी गरिबी न्यूनिकरण गर्न ठोस योगदान पु¥याई सीपयुुक्त जनशक्ति उत्पादन गरी देशको बेरोजगारी समस्यालाई समाधान गर्दै गरिवी न्युुनिकरणमा सहयोग पुुर्याउने उद्देश्यले वि. सं. २०१६ सालमा विराटनगरमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गरी सीपयुक्त जनशक्तिलाई उत्पादन गरी विदेशी कामदारहरुलाई प्रतिष्थापन गर्न केही हदसम्म सफल भयो । त्यसैगरी २०३३ सालमा मकवानपुर हेटौंडामा अर्को व्यावसायिक प्रशिक्षण केन्द्रको स्थापना भयो । त्यस्तै २०३४ सालमा काठमाडौंमा केश कर्तन तालीम सञ्चालन गर्ने गरी प्रारम्भ भएको यस केन्द्रमा हाल आएर मुलुकको सम्पूर्ण भागमा तालीम पुर्याउने उद्धेश्यले यस अन्तर्गत १५ वटा सीप विकास तालीम केन्द्रहरु स्थापना भएका छन् ।