Office of Company Registrar

कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग मन्त्रालय अन्तर्गत २०४९ साल माघ महिनामा स्थापित विभागस्तरीय कार्यालय हो । यो कार्यालय स्थापना हुनुभन्दा अगाडि कम्पनी प्रशासन सम्वन्धी कार्यहरु विभिन्न निकायहरु उद्योग विभाग, बाणिज्य विभाग, घरेलु तथा साना उद्योग विभाग, कृषि विभाग लगायतका निकायहरुबाट सम्पादन हुने गरेकोमा कम्पनी ऐनको प्रयोग तथा पालनामा एकरुपता ल्याउने उद्देश्यबाट सबै प्रकारका कम्पनी प्रशासनसम्वन्धी काम कारवाहीहरु समान र एकै किसिमले एउटै निकायबाट सम्पादन गर्न यस कार्यालयको स्थापना भएको हो ।